Logo

ओलीको गृहक्षेत्र दमकमा हलोका मेयर



काठमाडौं, ६ जेठ । नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र पर्ने झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर जितेको छ । राप्रपाका राम थापाले एमालेकी गीता अधिकारीलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

थापाले झीनो मतान्तरले अधिकारीलाई पराजित गरेका हुन् । थापा राप्रपाको प्रदेश १ का प्रमुख समेत हुन् ।

दमकको निर्वाचनलाई झापामा निकै महत्वका साथ हेरिएको थियो । झापा एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङ्देन र काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला जस्ता हस्ती नेताहरुको गृहजिल्ला पनि हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot