Logo

रोशीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र



काठमाडौँ,६ जेठ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी भएको हो । लामाले सात हजार ५३४ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मीमबहादुरले ६ हजार ६७२ तथा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता बोहोरा क्षेत्रीले पाँच हजार ९४२ मत प्राप्त गरेका छन्।

वडा नं १ मा एमालेका श्रीदास लामा, २ मा कांग्रेसका हस्तमान लामा, ३ मा एमालेका धनजित लामा, ४ मा एमालेकै तेजबहादुर मगर, ५ मा एमालेकै निरध्वज लामा, ६ मा कांग्रेसका नारायणबहादुर सिवाकोटी, ७ मा माओवादी केन्द्रका अशोककुमार गौतम, ८ मा माओवादी केन्द्रका जितबहादुर तामाङ, ९ मा एमालेका जनम तामाङ, १० मा कांग्रेसका विकेन तामाङ, ११ मा कांग्रेसकै लालकुमार पाख्रिन तथा वडा नं १२ मा कांग्रेसका वसन्तकुमार तामाङ विजयी भएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम