Logo

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले



काठमाडौँ,६ जेठ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी भएका छन् ।

भण्डारी १४ हजार ५० र उपप्रमुखमा बञ्जारा १२ हजार ३३७ मत प्राप्त गरी विजयी भएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका छवि लाल हुमागाईले १० हजार ३८८ मत प्राप्त गरेका छन् ।

पनौती नगरपालिकाको प्रमुखको निकटतम प्रतिस्पर्धी न्यौपाने र उपप्रमुखमा निर्वाचित बञ्जारा २०७४ सालको निर्वाचनमा उपप्रमुखमा निर्वाचित थिए । वडा नं १ मा कांग्रेसका जयकुमार तामाङ, २ मा एमालेका पुरुषोत्तम अधिकारी, ३ मा एमालेका विष्णुप्रसाद सापकोटा, ४ मा एमालेकै दीपकप्रसाद दाहाल, ५ मा कांग्रेसका विनोद खत्री, ६ मा एमालेका भीमप्रसाद आचार्य र वडा नं ७ मा एमालेकै सविन ताम्राकार विजयी भएका छन् ।

त्यसैगरी वडा नं ८ मा एमालेका वेदप्रसाद बञ्जारा, ९ मा कांग्रेसका सहकुलकुमार हुमागाई, १० मा मोहनबहादुर भण्डारी, ११ मा एमालेका विपेन्द्र लामा र वडा नं १२ मा एकीकृत समाजवादीका जयराम केसी विजयी भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्