Logo

अर्थमन्त्री जनार्दन शर्माको गृहपालिकामा कांग्रेस विजयी



रुकुम, ६ जेठ । रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् ।

अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माको गृहपालिकासमेत रहेको मुसिकोटमा कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो ।

कांग्रेसका केसीले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बसन्त शर्मालाई १३ मतले पराजित गरेका हुन् । केसीले ६ हजार ९ सय १४ मत ल्याएर प्रमुखमा विजयी भएका हुन् । शर्माले ६ हजार ९०१ मत प्राप्त गरेका हुन् ।

माओवादीको किल्ला भनेर चिनिने यस क्षेत्रमा पहिलो पटक कांग्रेस झण्डा फहराउन सफल भएको छ । गत वर्षको स्थानीय तहको चुनावमा पनि माओवादीले नै जित हासिल गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्