Logo

बर्दिबासको प्रमुखमा कांग्रेसका बागी क्षेत्री विजयी



काठमाडौं, ६ जेठ । बर्दिबास नगरपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्री निर्वाचित भएका छन् । क्षेत्रीले १४ हजार २१० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

नेपाली कांग्रेसमा लामो समयदेखि राजनीति गरेका क्षेत्रीले पार्टीले टिकट नदिएपछि उनी बागी उम्मेदवारी दिएका थिए ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) उम्मेदवार राजु खड्कालाई ५ हजार ८८७ मतान्तरले पराजित गरेका हुन् । पराजित राजु खड्काले ८ हजार ३२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तारा देवी ९ हजार ७३६ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कृष्णमाया गौतमले ८ हजार १८५ मत ल्याएकी छन् ।



प्रतिक्रिया दिनुहोस्