Logo

तोलामा १ हजारले बढ्यो सुनको भाउ



काठमाडौं, जेठ ६ । बिहिबार तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर तोलाको ९६ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्