Logo

हेटौंडा उपप्रमुखमा बानियाँले पाए लोकप्रिय मत



हेटौंडा, ६ जेठ । हेटौडा उपमहानगरपालिकाको प्रमुखमा गठबनन्धनकी उम्मेदवार मीना कुमारी लामाले अग्रता लिइरहेकी छिन् । उनले पछिल्लो मत परिणामअनुसार लामाले २० हजार १७ मत प्राप्त गरेकी हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अनन्त प्रसाद पौडेलले १८ हजार ३३३ मत ल्याएका छन् भने उनलाई पछ्याउदै राप्रपाका दिपक बहादुर सिंहले १७ हजार ६१९ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँले सर्वाधिक मत प्राप्त गरेका छन् । बानियाँले २६ हजार ४४६ मत प्राप्त गरेका छन् भने एमालेकी सुमित्रा काफ्लेले १९ हजार १०२ मत र राप्रपाकी इन्दिरा न्यौपानेले ४२ सय १४ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्