Logo

हरिवनको मेयरमा माओवादीका बुढाथोकी र उपमेयरमा एमालेकी घलान विजयी



सर्लाही, ६ जेठ : सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुढाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रसाईसगँ पराजित भएका बुडाथोकीको यो जितलाई बदलाको रुपमा सहेत हेरिएको छ ।उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छिन् ।

घलानले कुल ६८५५ मतसहित विजयी हासिल गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् । हरिवन वडाध्यक्षमा एमालेका ५ जना, कांग्रेसका ४ जना र एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्