Logo

काठमाडौमा ७३ हजार मतगणना सकियो, कसले कति पाए



काठमाडौं, ५ जेठ । शनिबारदेखि काठमााडौं महानगरपालिकाको मतगणना जारी छ । कुल १ लाख ९१ हजार १८३ मत खसेको मतमा हालसम्म ७३ हजार ५९३ मतगणना सकिएको छ ।

महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ११ मत ल्याएर अग्रता कायम राखेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका केशव स्थापितले १४ हजार ७९६ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४२० मत प्राप्त गरेकी छिन् । बालेनले गणना भएको मतमध्ये ३८ प्रतिशत प्राप्त गरेका छन् ।
अहिलेसम्म सात वटा वडाको मतगणना सकिएको छ । कांग्रेसका २ र एमालेका ६ वडाध्यक्ष निर्वाचित भइसकेका छन् । अहिले ६,७,८,९,२६,२७,२९ र ३१ को गणना हुने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस्