Logo

भरतपुरको उपमेयरमा चित्रसेनको अग्रता, मेयरमा रेणुले कति मत ल्याइन्



भरतपुर, ६ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । ४४ प्रतिशत मतगणना हुँदा नेकपा माओवादी केन्द्रकी दाहालले २१ हजार ८५ मत पाएकी छिन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत ल्याएका छन् । विवेकशीलका प्रविन काफ्लेले १३५ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार ४८७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, विवेकशील साझा पार्टीका पुष्पा सापकोटाले १०३ मत ल्याएकी छिन् । भरतपुरमा एक लाख २७ हजार ५६६ मत खसेको थियो।

 



प्रतिक्रिया दिनुहोस्