Logo

तनहुँको भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



तनहुँ, ६ जेठ । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।  कांग्रेसका युवा नेता आनन्दराज त्रिपाठीले १२ हजार २५२ मत ल्याएर मेयरमा विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सीताराम बजगाईलाई ३ हजार २०९ मतले पराजित गरेका हुन् । बजगाईले ९ हजार ४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकै उमा गोतामे निर्वाचित भएकी छिन् । उनले निकटतम प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेदवार केशरबहादुर गुरुङलाई पराजित गरेकी हुन् । गोतामले १० हजार ५४७ मत प्राप्त गर्दा गुरुङले ५ हजार ८१७ मत ल्याएका हुन् ।

भानु नगरपालिकाका १३ वडा मध्ये कांग्रेसले ९ वटा वडामा जित हासिल गरेको छ भने एमालेले २ र स्वतन्त्रले एउटा वडा जितेका छन् । यसअघिको स्थानीय तहको चुनावमा पनि कांग्रेसले नै विजयी प्राप्त गरेको थियो । मेयरमा उदयराज गौली सर्वाधिक मतले निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्