Logo

पोखरा महानगरमा उपमेयरमा कडा टक्कर, कसले कति मत पाए



पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार धनराज आचार्यले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)का आचार्यले २६ हजार ९६८ मत ल्याएर लिड गरिरहेका छन् ।
उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका शंकर खरालले २ हजार ७७५ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १६५ मतले अग्रता लिइहरेकी छिन् । रानाभाटले २७ हजार २८४ मत ल्याएकी छिन् भने २७ हजार ११९ मतसहित एमालेकी मञ्जुदेवी गुरुङले रानाभाटलाई पछ्याइरहेकी छिन् । हिजोसम्म गुरुङले रानाभाटलाई पछि पारेकी थिइन् ।

राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले २ हजार ५८८ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्