Logo

धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महतो निर्वाचित



धनुषा, ६ जेठ । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन् । नेपाल ट्रेडयुनियन कांग्रेसका पुर्व केन्द्रीय सदस्यसमेत रहेका  महतोले ७ हजार ३१ मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार राजाराम महतोलाई ९१ मतान्तरले पराजित गरेका हुन् । पराजित राजाराम महतोले ६ हजार ९४० मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मिथिला नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार सुनितासिंह बुढाथोकी निर्वाचित भएकी छिन् । उनी ७ हजार ४१४ मत सहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालाले ६ हजार ७३५ मत गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्