Logo

काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई फराकिलो मतको अग्रता



काठमाडौं, ६ जेठ । काठमाडौैं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४७२ मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार साहले २८ हजार २० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापितले १४ हजार ५४८ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९९० मत ल्याएकी छिन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले २ हजार ५०४ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडी छिन् । डंगोलले २४ हजार ५९२ मत प्राप्त गरेकी छिन् । उनलाई एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ८६८ मत ल्याएका छन् । डंगोल श्रेष्ठभन्दा १६ हजार ७२४ मतको मतान्तरले अगाडी छिन् ।
यसैगरी, राप्रपाका बिनिता मगैयाले ५ हजार ४६४ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्