Logo

यस्तो छ विराटनगर महानगरको पछिल्लो अपडेट



विराटनगर, ६ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नागेश कोइरालाले ६ हजार ४ सय ७७ मतले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका कोइरालाले २५ हजार ३१२ मत प्राप्त गर्दा एमालेका सागरकुमार थापाले १८ हजार ८३५ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ७ हजार ६६५ मत प्राप्त गरेका हुन् । राप्रपाका प्रह्लादप्रसाद साह हलुवाईले ४ हजार ७२९ मत ल्याएका छन् ।

त्यस्तै, महानगरको उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले २२ हजार १४ मतसहित अग्रता लिइरहेकी छिन् । जसपाका अमरेन्द्र यादवले १२ हजार ३६६ मत पाउँदा राप्रपाका विन्दाकुमारी लुइटेल आचार्यले ५ हजार ७६५ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र नमिता न्यौपानेले ४५ सय ५० मत प्राप्त गर्दा जनमत पार्टीका अन्नुकुमारी कामतले ९ सय ६३ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्