Logo

नेप्सेमा पहिलो पटक शुक्रबार कारोबार, ९३ करोडको शेयर खरिद विक्रि



काठमाडौं, ६ जेठ । पहिलो पटक शेयर बजारमा आज शुक्रबार पनि कारोबार भएको छ । शेयर बजारमा आज १५ दशमलव ८२ अंकको गिरावट आउँदा ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँको कारोबार भएको हो ।

आज नेप्से परिसुचक २२३५ दशमलव ९ विन्दुमा थामिएको छ । शेयर बजार सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४७ अंकले घटेर ४३४ दशमलव ७३ विन्दुमा रोकिएको छ।

आज २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्