Logo

रौतहटमा मतपत्र लुट्ने पक्राउ



काठमाडौं, ६ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतपत्र लुटेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको श्री मावी भेडियाही स्कुलको मतदान केन्द्रबाट मतपेटिका लुटेर भाग्ने यमुनामाई गाउँपालिका–२ का चन्देश्वर बैठा पक्राउ परेका हुन् ।

५६ वर्षीय बैठा आफ्नै घरभित्रै लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । बैठामाथि निर्वाचन ऐन २०७३ बमोजिम कानुनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्