Logo

लहान नगरपालिकाको प्रमुखमा कांग्रेसका चौधरी निर्वाचित



काठमाडौं, ६ जेठ । सिरहाको लहान नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार महेशप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले २० हजार १०५ मत ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चौधरीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार मुनी साह सुडीलाई ८ हजार १३९ मतान्तरले पराजित गरेका हुन् । पराजित मुनी साह सुडीले ११ हजार ९६६ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार रामचलितर महतो निर्वाचित भएका छन् । उनले १२ हजार ५६९ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार सरियारकुमारी चौधरीले ११ हजार ७९० मत ल्याएकी छन् ।



प्रतिक्रिया दिनुहोस्