Logo

धनगढीमा वडभन्दा हमाल १०,०७७ मतले अगाडी



धनगढी, ६ जेठ । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार हमालले १० हजार ७७ मतान्तरले अग्रता लिइरहेका हुन् । उनले हालसम्म २० हजार ६ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याउदै नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ९२९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका रणबहादुर चन्द ४ हजार ९१४ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरीले ३५२ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रम्खमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले ९ हजार २०९ मत ल्याएर अग्रता लिइरहेकी छिन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कन्दकलाकुमारी रानाले ८ हजार ५४० मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ५३८ पाएका छन् भने राप्रपाका दुर्गादत्त पन्तले २ हजार ७७१ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्