Logo

धरानमा स्वतन्त्र उम्मेदवार हर्कराजले मतान्तर बढाए



काठमाडौं, ६ जेठ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले मतान्तर बढाएका छन् । हर्कराजले १२ हजार ५३४ मत प्राप्त गर्दा नेपाली काँग्रेसका किशोर राईले ११ हजार ८१ मत पाएका छन् ।

हर्कराज र किशोरबीच १४ सय ५३ मतान्तर छ । तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ९ हजार १० मत पाएकी छिन् ।

हर्कराजले मतान्तर बढाउँदै लगेपछि उनी जीत्ने सम्भावना बढेको छ । लौरो चिन्हका हर्कराज धरानमा लोकप्रीय छन् ।



प्रतिक्रिया दिनुहोस्