Logo

माओवादीका दिवंगत नेता पोष्टबहादुरकी छोरी प्रभा बनिन् उपमेयर



काठमाडौं, ६ जेठ । नेकपा माओवादी केन्द्रकी दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले नुवाकोटको विदुर नगरपालिकाको उपमेयर जितेकी छिन् । उनले ११ हजार ६०६ मत ल्याएर नेकपा एमालेकी अम्बिका नेपाललाई पराजित गरेकी हुन् ।

बोगटी पत्रकारिता गर्दै आएकी थिइन् । उनी हालै सक्रिय राजनीतिमा आएकी छिन् । विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालसँग प्रभाको विवाह भएको थियो । उनीहरुको पछि पारपाचुके भएको थियो ।

गठबन्धनका उम्मेदवार राजन श्रेष्ठले एमालेका सन्जु पण्डितलाई पराजित गरी मेयर जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्