Logo

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु



चितवन, जेठ ७ । चितवनमा शुक्रबार साँझपख आएको हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । फरकफरक ठाउँमा भएको घटनामा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको हो ।

भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । उनका अनुसार हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा रूख ढल्ने र पोल ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot