Logo

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा



काठमाडौं, जेठ ७। निर्वाचित भएर शुक्रबारदेखि काम थालेका स्थानीय तहका जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन् । कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण गरेका छन् भने कसैले आफ्नो गाउँठाउँको विकासमा २४सै घण्टा खट्ने घोषणा गरेका छन् ।

केहीले भने शपथपछि पदभार ग्रहण गर्दै राज्यकोषबाट कुनै प्रकारको तलब सेवा सुविधा नलिने र आपूmले पाउने तलब तथा सेवासुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका छन् । मुगु जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।

उनले आफनो पाँचवर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टाचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका हुन् । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटोछरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका दुईवटा घण्टा समाती पदभार सम्हालेका हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्