Logo

११ उपमहानगरपालिकाः कहाँ कसको अग्रता?



काठमाडौं, जेठ ७ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनासँगै मतपरिणाम घोषणा गर्नेक्रम जारी छ। कतिपय स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिको गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन्।

देशैभरमा ११ उपमहानगरपालिकामध्ये प्रमुखमा गठबन्धनका तर्फबाट मधेस प्रदेशको जीतपुर सिमरा र लुम्बिनी प्रदेशको नेपालगञ्ज गरी दुई उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भइसकेको छ।

नेकपा (एमाले) ले घोराही उपमहानगरमा जीत हासिल गरेको छ। निर्वाचन आयोगको शुक्रबार दिउँसो ५ बजेसम्मको मतपरिणाम अनुसार इटहरी, हेटौंडा, बुटवल र तुल्सीपुर गरेर चार उपमहानगर प्रमुखमा गठबन्धनको अग्रता छ।

धरान, जनकपुरधाम र धनगढी गरी तीन उपमहानगरमा स्वतन्त्र उम्मेदवारले राजनीतिक दललाई चुनौती दिएका छन्। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot