Logo

विराटनगरको मेयरमा काँग्रेसका नागेश कोइराला निर्वाचित



काठमाडौं, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापालाई पराजित गरेका हुन् ।

नागेशले ३१ हजार १७० मत ल्याउँदा सागरले २१ हजार ४५५ मत ल्याए । नागेश गठबन्धनका साझा उम्मेदवार हुन् ।

उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्की विजयी भइन् । उनले जसपाका अमरेन्द्र यादवलाई ११ हजार मतान्तरले पराजित गरिन् ।



प्रतिक्रिया दिनुहोस्