Logo

हेटौंडामा एसकी मीनाकुमारी लामा मेयर निर्वाचित



काठमाडौं, ७ जेठ । हेटौंडा उपमहानगरपालिकाले पहिलो मेयर पाएको छ । यसअघि उपमेयर निर्वाचित मीनाकुमारी लामा यसपटक मेयर निर्वाचित भएकी छिन् । उनी २०७४ मा नेकपा एमालेबाट मेयर निर्वाचित भएकी थिइन् । यसपटक नेकपा एसबाट निर्वाचित भइन् ।

लामाले २३ हजार ७५ मत ल्याइन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अनन्त प्रसाद पौडेलले २० हजार ९०८ मत ल्याए ।

उपमेयरमा नेपाली काँग्रेसका राजेश बानियाले ३२ हजार ५९३ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत ल्याइन् ।



प्रतिक्रिया दिनुहोस्