Logo

रेनु दाहालको फराकिलो मतान्तर



काठमाडौं, ७ जेठ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तर बनाएकी छिन् । दाहालले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ५ हजार भन्दा बढी मतले पछाडि पारेकी छिन् ।

रेनुले २७ हजार ४१२ मत प्राप्त गरेकी छिन् । सुवेदीले २२ हजार २७९ मत ल्याएका छन् ।

काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको ९ हजार ५५२ मत आएको छ ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार मतले पछि पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्