Logo

पोखरा महानगरपालिकाः ३ हजार ४ सय ३९ मतले धनराज आचार्यको अग्रता



काठमाडौं, जेठ ७ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३९ मत पुर्‍याएका हुन्।

हालसम्म ८० हजार १ सय ५४ मत गणना सम्पन्न हुँदा आचार्यले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याएर पछ्याईरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ५ सय २० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले पुनः अग्रता लिएकी छन्। गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई २ सय ६२ मतले पछाडि पारेकी छन्।

नेकपा एमालेका उम्मेदवार गुरुङले ३३ हजार २ सय २१मत ल्याएर अग्रता लिएकी छन्। उनलाई कांग्रेसकी रानाभाटले ३२ हजार ९ सय ५९ मत ल्याएर पछ्याईरहेकी छन्। उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ४ सय ११ मत प्राप्त गरेकी छन्।



प्रतिक्रिया दिनुहोस्