Logo

बालेन शाह स्थापित भन्दा दोब्बर मतले अगाडि



काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्।

मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। शनिवार पछिल्लो मतपरिणाम अनुसार बालेनले ३१ हजार १५ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।

स्थापितले अहिलेसम्म १६ हजार ४ सय १७ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच झनै फराकिलो मतान्तर देखिएको छ। यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह नै छिन्। उनले १६ हजार २ सय २४ मत प्राप्त गरेकी छिन्।



प्रतिक्रिया दिनुहोस्