Logo

जोसँग ९१ मतले पराजित भए उसलाई झण्डै १६ सय मतले पछारे



काठमाडौं, जेठ ७ । जनकपुरधाम धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन्। उनी आफ्नो प्रतिस्पर्धीभन्दा १ हजार ५९४ मत बढी पाएर विजयी भएका हुन्।

यादवले ४ हजार ४०९ मत ल्याएको हो भने उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार सुनिल कुमार यादवले २ हजार ९११ मत ल्याएका छन्। त्यस्तै लोसपाका उम्मेदवार एवं निवर्तमान मेयर रामज्ञान मण्डल २ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा पुगेका छन्।

उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार दुर्गीदेवी मण्डल निर्वाचित भएकी छिन्। उनले ४ हजार ४५५ मत ल्याएकी छिन् भने उनले निकटतम प्रतिद्वन्द्वी लोसपा उम्मेदवार दिपिका क्षेत्रीले २ हजार ९०३ मत ल्याएर दोस्रो स्थानमा रहेको छ।

यादव यसअघिको निर्वाचनमा तत्कालीन राजपाबाट उम्मेदवारी दिएका निवर्तमान मेयर मण्डलसँग ९१ मतले पराजित भएको थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्