Logo

जनकपुरमा गठबन्धनका उम्मेदवार पूर्वमेयर साह पाचौं स्थानमा



काठमाडौं, ७ जेठ । सत्ता गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिकामा लालकिशोर साह उम्मेदवार बनेका छन् । जनता समाजवादी पार्टीका नेता साहले जारी मतगणनामा पाचौं स्थान बनाइरहेका छन् । साह जनकपुरका निवर्तमान मेयर पनि हुन् ।

स्वतन्त्र उममेदवार मनोजकुमार साह सुडीले ७ हजार ७०८ मतले अग्रता बनाएका छन् । एमालेका शिवशंकर साहले ५२ सय ८० मतका साथ पछ्याइरहेका न् । लोसपाका मनोज चौधरीको २८९० मत छ ।

स्वतन्त्र उम्मेदवार बलराम महतोको २४ सय ७२ मत छ । जसपाका लालकिशोर साहको १९९२ मत छ । अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको १२ सय ६६ मत छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्