Logo

रोल्पामा माओवादीको आधार कमजोर बन्दै



काठमाडौं, ७ जेठ । माओवादी सशस्त्र गतिविधिको आधार रोल्पाको राजनीतिमा परिवर्तनहरु देखिन थालेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि एकछत्र प्रभाव बनाइआएको रोल्पामा यसपटक फरक नतिजाहरु आएका छन् ।

रोल्पाका तीन पालिकामा गैर माओवादी दलले चुनाव जितेका छन् । माओवादीलाई आधार क्षेत्रहरुमै चुनाव जित्न मुश्किल परेको छ ।

नेपाली काँग्रेसले माओवादीलाई रोल्पाका पालिकामा कडा टक्कर दिएको छ । १० पालिकामध्ये २ पालिकामा काँग्रेस र १ मा एमालेले जितेको छ ।
थवाङमा माओवादीलाई स्वतन्त्र उम्मेदवारहरुले कडा टक्कर दिए । उनीहरु विप्लव समूहका हुन् ।

रोल्पामा २०७४ को पालिका चुनावमा भन्दा यसपटक माओवादीसँग काँग्रेस र एमालेको मतान्तर पनि कम देखिएको छ । यसबाट माओवादीलाई आधार क्षेत्रमा धक्का लाग्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्