Logo

इमरान खानलाई ‘सुरक्षा खतरा’



एजेन्सी, ७ जेठ । सत्ता ढलेपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अभिव्यक्तिका कारण विवादमा आइरहेका छन् । विपक्षी र विदेशी शक्तिविरुद्ध उनको अभिव्यक्ति कडा खालको छ । यसले तरङ्ग नै ल्याइदिएको छ ।

इमरानले अमेरिकाविरुद्ध बोलिरहेका छन् । सरकार ढाल्न अमेरिका लागेको सम्म भने । उनले आफ्नै देशको विदेश नीतिको सम्म आलोचना गर्दै सेनाप्रति असन्तुष्टि पोखे ।

यसरी तिव्र आक्रोश पोखिरहेका इमरान खानको सुरक्षामा खतरा रहेको भन्दै उनको पार्टी पाकिस्तान तेहरिक इ इन्साफका एकजना प्रभावशाली नेताले बोलेका छन् । पूर्वमन्त्री समेत रहेका असद उमरले खानको सुरक्षालाई लिएर थ्रेट आएको बताएका छन् । एकजना वरिष्ठ अधिकारीले आफूलाई इमरान खानको ज्यानमै खतरा रहेको सूचना दिएको उनको दाबी छ ।

पाकिस्तानको एउटा समाचार कार्यक्रममा उमरले इमरानको जीवन खतरामा रहेको सूचनाहरु आइरहेको खुलासा गरेका हुन् । खानलाई बुलेट प्रुफ ग्लास लगाउन भनिएकोमा नमानेको समेत बताए ।

सेहवाज सरिफको सरकारले सुरक्षा प्रबन्ध मिलाउन नसकेको आरोप समेत ती पूर्वमन्त्रील लगाए । उनले सरकारको कडा आलोचना गरे ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्