Logo

आफ्नो भूमि मिचेर चीनले पुल बनाउन लागेको भन्दै भारतद्वारा चीनलाई चेतावनी



एजेन्सी, ७ जेठ । चीनले आफ्नो भूमिमा पुल बनाउन लागेको भन्दै भारतले चेतावनी दिएको छ । भारतले पाङगोङ सो मा दोस्रो पुल बनाउन लागेको र उक्त स्थान पूर्वी लद्दाखमा पर्ने दाबी गरेको छ । चीनको कदमलाई निगरानीमा राखिएको भन्दै भारतले आफ्नो सार्वभौमिकताको रक्षाका लागि जुनसुकै कदम चाल्ने चेतावनी दिएको हो ।

भारतको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै चीनले बनाउन लागेको पुलहरु गैरकानूनी अतिक्रमित भूमिहरु भएको उल्लेख गरेको छ । भारतले चीनको प्रमाणित हुन नसक्ने दाबी र गैरकानूनी निर्माणलाई स्वीकार्न नसक्ने भनेको छ ।

गत वर्ष चीनले यस्तै पुल निर्माण गरेको थियो । उक्त पुल पाङओङ तालको क्षेत्रमा बनाएको थियो । सन् १९६० देखि ती क्षेत्र चीनले अतिक्रमण गरेको भारतको भनाई रहेको छ ।

भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुलहरुलाई कथित भनेका छन् । विज्ञप्तिमा पनि भारतले लद्दाख क्षेत्रमा भएको पछिल्लो विकसित घटनाक्रमलाई नियमित निगरानीमा राखिएको र भारतले आफ्नो सार्वभौमिकता र भौगोलिक एकताको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताइएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्