Logo

भरतपुर महानगरमा रेनु दाहालको ५८३३ को अग्रता, विजय सुवेदी निकै पछि परे



काठमाडौं, ७ जेठ । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् ।

उनले एमालेका विजय सुवेदीभन्दा ५८३३ मतले अग्रता बनाएकी छिन् ।

अहिलेसम्म ७६ हजार ९५ मत गणना भएको छ। जसमा दाहालले २९ हजार ४ सय ७८ मत ल्याएकी छिन् ।

सुवेदीले भने २३ हजार ७ सय ४५ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले १० हजार ३ सय ३४ मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेद्धवार चित्रसेन अधिकारीले ३१ हजार ८ सय २४ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् ।

उता, राप्रपाकी हिमला गुरुङले १८ हजार ४ सय १ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्