Logo

वीरगञ्जमा राजेशमान सिंहको जीत सुनिश्चित



काठमाडौं, ७ जेठ । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह जीतको नजिक पुगेका छन् । मतगणना अन्तिम अवस्थामा पुग्न लाग्दा उनले निकटतम प्रतिद्वन्द्वी विजयकुमार सरागवगीभन्दा १३ हजार मत बढी मत ल्याइसकेकाले जीत सुनिश्चित बनाएका हुन् ।

सिंहको २७ हजार ५१५ मत छ । सरावगीको १४ हजार २३३ मत छ । सरावगीले २०७४ को चुनावमा सिंहलाई पराजित गरी मेयर बनेका थिए ।

त्यतिबेला सरावगी संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए जुन अहिले जसपा बनेको छ । सिंह त्यतिबेला राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए जुन अहिले लोसपा बनेको छ । सिंह अहिले जसपाबाट चुनाव लडेका छन् ।



प्रतिक्रिया दिनुहोस्