Logo

टुँडिखेलमा साकेला उभौलीको रौनक (फोटोफिचर)



काठमाडौं, ७ जेठ । काठमाडौंको टुँडिखेलमा आज साकेला उभौली पर्व मनाईएको छ । किराँत समूदायले मनाउँदै आएको यो पर्व टुँडिखेलमा आज धुमधामका साथ मनाईएको हो । हरेक वर्षझैं यो वर्ष वैशाख पूर्णिमाको अवसर पारेर शनिबार किराँत समुदायले आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाएको हो।

साकेला उभौली किराँत, राई, लिम्बू, याक्खा र सुनुवारको प्रमुख चाड हो। किराँत समुदायमा बाली लगाइने समय अर्थात् गर्मी मौसम सुरू भएपछि अन्नबाली सप्रियोस् भनेर उभौली पर्व मनाउने चलन छ। उभौली पर्वका अवसरमा किराँत समुदायका मानिसहरूले एकै स्थानमा जम्मा भई नाचगान गररेर एक आपसमा शुभकामना आदानप्रदान गरेका छन्।

आज काठमाडौंको टुँडिखेलमा किराँत समुदायले साकेला नाच्दै उभौली मनाएको छ। विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आई बसेका किराँत समुदायका मानिसले जातीय भेषभूषामा सजिएर काठमाडौंको टुँडिखेलमा जम्मा भई नाचगान गरेर उभौली मनाएका हुन्। घेरा बनाएर गरिएको नाचगानमा बुढा/पाका भन्दा युवायुवती बढी सहभागी भएका छन्। यो पर्व वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने गरिन्छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्