Logo

यस्तो छ गोपी हमालले झण्डै दोब्बर मतले जित्नुको कारण



कैलाली, जेठ ८ । ‘हामी बनाउँछौं, हाम्रो धनगढी’ भन्ने मूल नारा लिएर गोपी हमालले धनगढी उपमहानगरपालिकाको नगप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि हमालले उपमहानगरपालिकाको नगरप्रमुख उम्मेदवारी दर्ता गराएका थिए ।

त्यति बेला हालले काँग्रेसका यिनै नृप वडसँग २ हजार ७०० मतान्तरले पराजित हुनु परेको थियो । यसपालिको निर्वाचनमा तिनै गठबन्धनका उम्मेदवार नृप वड स्वतन्त्र उम्मेदवार हमालद्धारा झण्डै दोब्बर बढी मतले हार्नु परेको तथ्यांकले देखाएको छ ।

यतिबेला स्वतन्त्र उम्मेदवार हमाललाई धनगढीबासीले लोकप्रिय मत दिएर नगप्रमुखमा विजयी गराएका छन् । यसपालि हमाललाई एमाले र नेपाली काँग्रेस समर्थकले ठूलो मात्रा भोट दिएर एक पटक धनगढीको नगरप्रमुख बनाउन चाहेको स्पष्ट देखिएको छ ।

१९ वडा रहेको धनगढीमा वडाध्यक्षमा काँग्रेस र एमालेको उम्मेदवार विजयी भइरहँदा गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारलाई भन्दा बढी मत हमाललाई गएको देखिन्छ । जसले गर्दा धनगढीबासीले स्वतन्त्र उम्मेदवारलाई भोट दिएर दलहरुलाई चुनौती दिएको धनगढीका स्थानीय बालकृष्ण जोशीले बताए । दलहरुभन्दा हमालले विगतमा गरेका कामहरुको मूल्यांकलन गरेर धनगढीबासीले मत जाहेर गरेको उनले बताए ।

२०७४ सालको स्थानीय तहमा पराजय भोगेका हमाल निरन्तर समाज सेवामा क्रियाशिल रहँदै आएका थिए । उनले निःशुल्क शव बाहन, कपडा बैंक सञ्चालन गरेर समाज सेवाको कामलाई अघि बढाउँदै आए, जसका कारण हमाललाई यसपालि जित निकाल्न सहज भयो ।

धनगढीबासीले हमाललाई रोज्नुका विभिन्न कारणहरु छन् । उद्योग बाणिज्य संघ कैलालीको अध्यक्ष हुँदा हमालले सुन्दर सुदूरपश्चिम अभियान चलाएर देशभर सुदूरपश्चिमलाई चिनाएका थिए । सुदूरपश्चिममा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको पोष्टर बनाएर उनले सुन्दर सुदूरपश्चिम अभियान चलाएका थिए ।

उनै हमालले एकपैसे अभियान चलाएर धनगढी विमानस्थल कालोपत्रे गर्ने अभियान पनि चलाएका थिए । उनको अभियानमा धनगढीका रिक्सा चालक, मजदूरदेखि मालिक सम्मका व्यक्तिले हैसियत अनुसारको आर्थिक सहयोग गरेका थिए ।

त्यति मात्र होइन् माओवादी सशस्त्र द्धन्द्धकालका बेला सुदूरपश्चिम यातायात प्रालिको सिन्डिकेट तोड्न हमालले दिनेश ट्राभल्स सञ्चालन गरेर महिला र पुरुषलाई रोजगारी दिएका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्