Logo

मोदीको भ्रमणपछि लुम्बिनीमा रिक्सा चालकको कमाई बढ्यो



काठमाडौं, ८ जेठ । लुम्बिनीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि पर्यटक बढ्न थालेका छन् । भ्रमणले लुम्बिनीमा देशभित्र र बाहिरबाट चासो बढेको र पर्यटकीय गतिविधि बढेको हो ।

राइजिङ नेपाल दैनिकका अनुसार मोदीके भ्रमणपछि तीन पाङ्ग्रे विद्युतीय रिक्सा चलाउनेहरु लाभान्वित भएका छन् । उनीहरु निकै व्यस्त हुन थालेका छन् ।

लुम्बिनीमा रिक्सा चलाउनेहरुको भनाई उदृत गर्दै राइजिङ नेपालले आम्दानी निकै बढेको उल्लेख गरेको छ । दैनिक ५ देखि ९ हजारसम्म आम्दानी गरेर रिक्साचालक उत्साही भएका छन् ।

राईका जिल्लाहरुमा विद्युतीय रिक्साबाट हजारौं व्यक्तिले जिविकोपार्जन गर्दै आएका छन् । त्यस्ता रिक्साले ३ देखि ५ जना यात्रु बोक्छन् ।

विद्युतीय रिक्साको ब्याट्रि निकै महङ्गो हुँदा यात्रा खर्च पनि महङ्गो छ । प्रति ब्याट्रिको मूल्य १ लाखसम्म पर्ने गरेको छ ।-Photo Source: TRN



प्रतिक्रिया दिनुहोस्