Logo

भारतको जम्मु काश्मिरमा किसानको आम्दानी दोब्बर



एजेन्सी, ८ जेठ । भारतको जम्मु काश्मिरमा किसानहरुले आधुनिक प्रविधि अपनाएर आम्दानी दोब्बर बनाउन थालेका छन् । हिमाली क्षेत्र काश्मिरमा भारत सरकारले किसानहरुका लागि आधुनिक कृषि कार्यक्रम अगाडि सारेपछि त्यस्तो परिस्थिति विकास भएको द प्रिन्टले लेखेको छ ।

जम्मु काश्मिरमा खेती, पशुपालन, माछा पालनमा विशेष कार्यक्रम लगिएको छ । भिन्ना भिन्नै कृषि क्षेत्रलाई एक बनाएर त्यहाँको सरकारले योजना लगेर सफलता हासिल गर्न थालेको छ ।

किसान, कृषि वैज्ञानिक, कृषि क्षेत्रका कर्मचारी र सम्बन्धित क्षेत्र निकै सक्रिय बनाइएको छ । यसका कारण उत्पादन र उत्पादकत्व बढेको छ ।

प्याकेजिङ, भण्डारण देखि बजारीकरणमा समेत सफलता हासिल हुन थालेको छ । किसानहरुले उत्पादनको उचित मूल्य पाउन थालेका छन् । उत्पादन व्यवसायिक तरिकाले विक्री गर्न थालेका छन् ।

७० वर्ष देखि परम्पारगत र खाइखेती गर्दै आएका कृषकहरु आधुनिक र व्यवसायिक कृषिमा केन्द्रित भएका छन् । किसानहरुले अनुदान पनि पाएकाले उत्साही भएका छन् । विशेषगरी कृषि सामाग्रीमा अनुदान छ । भण्डारणको पनि उचित व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot