Logo

मकवानपुरमा एमालेको हारपछि अध्यक्षले पार्टी छाडे



हटौडा, ८ जेठ । गत स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपछि एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । लम्सालले फेसबुकमार्फत गाउँपालिका प्रमुख विजयी बनाउन नसकेको भन्दै जिम्मेवारीबाट अलग हुने जानकारी दिएका हुन् ।

उनले पार्टी हारको जिम्मेवारी नेतृत्वले लिन पर्ने टिप्पणी गरेका छन् । उनले सार्वजनिक गरेको पाँचबुंदे धारणामा लखेका छन्,‘विगत २०४८ सालदेखि अहिलेसम्म पनि पार्टी नेतृत्व संसदीय क्षेत्र र राजकीय क्षेत्रमा निश्चित व्यक्तिहरूको मात्र नेतृत्व रहनु स्वायत्त र मौलिक ढंगले काम गर्नसक्ने नयाँलाई आउनै नदिने, अवसरहरू हस्तान्तरण गर्नैपरे आफ्नो नियन्त्रणमा चल्नेलाई मात्र ल्याउने, त्यसैले यसको पहिलो जिम्मेवारी लिनु पर्दछ।

लम्सालले पार्टीको दशौ जिल्ला अधिवेशनमा पार्टी विधान पद्दतिविपरीत प्रतिनिधिहरुको अधिकारलाई पूर्णरूपमा कुण्ठित गर्दै नेताको खल्तीबाट नेतृत्व घोषणा गर्ने र जब्बरजस्ती घोषणा गर्न दबाब दिने काम भएको समेत आरोप लगाएका छन् । जुन कुराले धेरै कार्यकर्ताको मन र चित्त धेरै दुखेको र मनोबल गिरेको समेत धारणामा उल्लेख गरेका छन् ।

‘कार्यकर्ताको हुर्मत लिने काम गरियो। यसरी हुर्मत लिएका, मनोबल गिराइएको र गुटबन्दीमा विभाजित गराइएको कार्यकर्ताले निर्वाचनको युद्ध कसरी लड्न सक्छ ? यसको जिम्मेवारी नेतृत्वले लिनुपर्दछ।’–उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्