Logo

बालेन शाह ४० हजार नजिक, सिर्जनाभन्दा केशव ४९५ मतले पछाडी



काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ३९ हजार ५ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार २७० मत ल्याएकी छिन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका केशव स्थापितले २१ हजार ७७५ मत प्राप्त गरेका छन् । सिर्जना भन्दा केशव ४ सय ९५ मतले पछाडी छन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले १७ सय ९६ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मतसहित अग्र स्थानमा छिन् भने उनलाई गठबन्धनका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याउँदा राप्रपाकी बिनिता मगैयाले ३६ सय २३ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्