Logo

ललितपुरको प्रमुखमा चिरीबाबु फराकिलो मतले अगाडी,उपप्रमुखमा एमालेकी बज्राचार्यको अग्रता



ललितपुर, ८ जेठ । ललितपुर महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

गठबन्धन दलका साझा उम्मेदवार महर्जनले ३० हजार ८६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८ हजार २०१ मत ल्याएका छन् ।

महर्जन ब्यञ्जनकारभन्दा १२ हजार ६ सय ५९ मतान्तरले अगाडी छन् । राप्रपाका अष्टबहादुर महर्जनले ३३ सय ६३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्