Logo

आईपीएल: मुम्बईको सुखद अन्त्य, बैंगलोर प्लेअफमा



एजेन्सी । सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा सुखद अन्त्य गरेको छ । शनिबार राति भएको समूहचरणको आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।

मुम्बईको जीतसँगै रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा प्रवेश गरेको छ । मुम्बईलले १४ खेलबाट ८ अङ्क जोड्दै लिगको पुछारमा रहँदै लिगको अन्त्य गरेको छ भने पराजित दिल्ली प्लेअफ प्रवेशबाट बन्चित बन्दा १४ अङ्कको साथ पाँचौ स्थानमा रहेको छ ।

जीतको लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रननै बनाउँदै लक्ष्य भेट्टायो । मुम्बईको लागि इसान किसानले सर्वाधिल ४८ रन बनाए । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । डेवाल्ड ब्रेभिसले ३३ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन बनाउँदा टिम डेभिडले विस्फोटक ब्याटिङ गर्दै ३४ रन बनाए । उनले ११ बलमा ४ चौका र २ छ्क्का प्रहार गरे । यस्तै तिलक बर्माले २१ र रमनदिप सिंहले १३ रनको योगदान गरे । दिल्लीको लागि अनृच नोर्त्जे र शार्धुल ठाकुरले दुई/दुई गोल गर्दा कुलदिप यादवले एक विकेट लिए ।

यसअघि वानखेडेमा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । दिल्लीको लागि रोभ्मन पोवेलले सर्वाधिक ४३ रन बनाए । उनले ३४ बलमा ४ छक्का र १ चौका प्रहार गरे । यस्तै ऋषव पन्तले ३३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रम बनाउँदा पृथ्वी शले २४, अक्सर पटेलले १९ र सर्फराज खानले १० रनको योगदान गरे ।

मुम्बईको लागि जस्प्रित बुम्राले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिँदा रमनदिप सिंहले दुई र डानियल साम्स र मयान्क मार्कान्डेले एक/एक विकेट लिए ।
CivActsAd



प्रतिक्रिया दिनुहोस्