Logo

भरतपुरमा ८३ हजार मत गन्दा कसले कति ल्याए



भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको अहिलेसमम ८३ हजार १११ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३२ हजार ५११ मत प्राप्त गरेकी छिन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५८० ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २९६ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३४ हजार ९३४ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले २० हजार ३१ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्