Logo

पोखरामा १ लाख १ हजार १२१ मत गन्दा धनराज र मञ्जुदेवीको अग्रता



पोखरा, ८ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको पोखरा महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा धनराज आचार्य र उपप्रमुखमा मञ्जुदेवी गुरुङले अग्रता लिइरहेका छन् । आचार्य गठबन्धनका साझा उम्मेदवार हुन् भने गुरुङ नेकपा एमालेकी उम्मेदवार हुन् ।

१ लाख १ हजार १२१ मत गणना हुँदा नेकपा (एकीकृत समाजवादी)का आचार्यले ४० हजार ४३४ हजार र उपप्रमुखमा गुरुङले ४२ हजार ३१६ मत ल्याएर अग्रता लिइरहेका छन् ।

आचार्यलाई पछ्याउँदै एमालेका कृष्णबहादुर थापाले ३७ हजार १७४ मत ल्याउँदा शंकर खरालले ४५ सय ८२ मत पाएका छन् ।
उपमेयरमतर्फ गुरुङलाई पछ्याउँदै नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४० हजार ७०४ मत ल्याएकी छिन् ।

त्यस्तै, राप्रपाबाट रन्जनाकुमारी सेन पौडेलले ४५ सय ९ मत प्राप्त गर्दा विवेकशील साझा पार्टीका माधव भण्डारीले २१५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्