Logo

भरतपुरमा ९२ हजार १२८ मतगणना सकियो, विजयभन्दा ७८५४ मतान्तरले रेनु अगाडी



भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको अहिलेसम्म ९२ हजार १२८ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३६ हजार २७२ मत प्राप्त गरेकी छिन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले २८ हजार ४१८ ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत ल्याएका छन् । दाहाल र सुवेदीको मतान्तर ७ हजार ८ सय ५४ रहेको छ ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले २२ हजार ४२७ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्