Logo

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत पाए



तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा टिकाराम खड्का र स्यानी चौधरीले अग्रता लिइरहेका छन् । खड्का र चौधरी दुवै नेकपा एमालेका हुन् ।

प्रमुखमा खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ४०५ मत ल्याएका छन् ।

त्यस्तै, राप्रपाका जगधनी चौधरीले ६४१ मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखममा चौधरीले १४ हजार ६१५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १० हजार ८९२ मत पाएका छन् ।

त्यस्तै, राप्रपाका प्रेमबहादुर शाहले २८ सय ८७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खेमराज वलीले १४ सय मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्