Logo

भरतपुर मतगणना अपडेटः ०७४ मा मतपत्र च्यातिएको वडामा गणना सुरु



भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा मतपत्र च्याितएको १९ नम्बर वडामा अहिले गणना सुरु भएको हो ।

गत चुनावमा भरतपुरमा मतपत्र च्यातिएको विषयले सधै स्थान पाउने गरेको छ । मतपत्र च्यातेकाहरु मधु न्यौपाने र द्रोण सिवाकोटीलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

गत निर्वाचनमा उक्त वडामा पुनः मतदान गरिएको थियो । रेनु दाहालले नेकपा एमालेका देवी पराजित गरेर ५ वर्षका लागि महानगरप्रमुख निर्वाचित भएकी थिइन् । अहिले सोही वडामा २८ सय ५७ मत खसेको छ ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी रेनुले अग्रता लिइरहेकी छिन् । दाहालले ३६ हजार ५३० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले २८ हजार ६२३ ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ११५ मत ल्याएका छन् । दाहाल र सुवेदीको मतान्तर ७ हजार ९ सय ७ रहेको छ ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले २२ हजार ४२७ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्