Logo

वीरगन्ज महानगरमा गठबन्धनको अग्रता



वीरगन्ज, ८ जेठ । वीरगन्ज महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले अग्रता लिएको छ। प्रमुखमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले ३२ हजार १५८ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले १६ हजार ८२२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राप्रपाका गिरीश गिरीले २३ सय ५९ मत ल्याएकी छिन् । उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले २२ हजार १०५ मत ल्याएर अग्र स्थानमा छन् ।

उनलाई पछ्याउदै लोसपाका पुरुषोत्तमलाल झाले ५२ सय ६६ मत ल्याउँदा राप्रपाका बिना जैसवालले ४१ सय ३४ मत प्राप्त गरेकी छिन् । त्यस्तै, स्वतन्त्र रम्भा मिश्राले २९ सय ९५ मत पाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्